Loading recent posts...

Marquee

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन, कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो इमेल आइडीमा सुझाव दिनुहोला । धन्यबाद ।
  • After Elected in FNJ Member QATAR

  • Beautifull Seen of Arghakhanchi

  • Arghakhanchi

  • Arghakhanchi

  • Argha

  • Argha Dhunge Deurali With Vanji Nabina and Chori Shikshya

  • Resunga GhumGhame

  • Supa Deurali Mandir

२०२५ मा फ्रीलान्सर तथा रिमोट काम खोज्न सकिने ४०+ वेबसाइटहरूको सम्पूर्ण गाइड

 २०२५ मा फ्रीलान्सर तथा रिमोट काम खोज्न सकिने ४०+ वेबसाइटहरूको सम्पूर्ण गाइड

#RemoteWork #FreelancingOpportunities #WorkFromHomeJobs #OnlineJobs2025 #DigitalNomad

आजको डिजिटल युगमा घरबाटै काम गर्नु वा फ्रीलान्सिङ्ग गर्नु अब केवल विकल्प होइन, धेरैका लागि मुख्य पेशा बन्दै गएको छ। यदि तपाईं ९–५ को दैनिकीबाट थाक्नुभएको छ, समयको लचिलोपन चाहनुहुन्छ, वा घरमै बसेर आम्दानी गर्न चाहनुहुन्छ भने — अहिले नै सबैभन्दा उपयुक्त समय हो।

यहाँ हामीले ४० भन्दा बढी रिमोट काम र फ्रीलान्सिङ्ग प्लेटफर्महरू सूचीबद्ध गरेका छौं, जसको माध्यमबाट तपाईं विश्वभरका ग्राहकहरूसँग जडान हुन सक्नुहुन्छ।


१. Upwork – www.upwork.com


विश्वकै सबैभन्दा ठूलो फ्रीलान्सिङ्ग प्लेटफर्म। ग्राहकले काम पोस्ट गर्छन् र तपाईंले बिड गर्न सक्नुहुन्छ।


२. Freelancer – www.freelancer.com


विभिन्न किसिमका प्रोजेक्टहरू आइटी, लेखन, डिजाइन, अनुवाद आदि क्षेत्रमा उपलब्ध हुन्छन्।


३. Toptal – www.toptal.com


उच्चस्तरको अनुभव भएका प्रोफेसनलहरूका लागि। केवल उत्कृष्ट ३% फ्रीलान्सरलाई मात्र छनोट गरिन्छ।


४. Remote.co – www.remote.co


डिजाइन, ग्राहक सेवा, मार्केटिङ लगायत विविध क्षेत्रमा रिमोट कामहरूको सूची पाउन सकिन्छ।


५. FlexJobs – www.flexjobs.com


सबै कामहरू स्क्याम-रहित छन्। सदस्यता लिएर मात्र पहुँच पाइने प्लेटफर्म हो।


६. Remote OK – www.remoteok.io


विशेष गरी प्रोग्रामर तथा टेक प्रोफेसनलका लागि उपयुक्त प्लेटफर्म।


७. We Work Remotely – www.weworkremotely.com


टेक, डिजाइन र मार्केटिङ सम्बन्धी विश्वस्तरीय रिमोट कामको प्लेटफर्म।


८. Virtual Vocations – www.virtualvocations.com


शिक्षा, स्वास्थ्य, लेखा, मार्केटिङ आदि क्षेत्रका टेलिकम्युटिङ्ग कामहरू।


९. Jobspresso – www.jobspresso.co


टेक, ग्राहक सेवा, मार्केटिङका लागि राम्रो छनोट।


१०. Working Nomads – www.workingnomads.co


ईमेल मार्फत दैनिक/साप्ताहिक रूपमा रिमोट कामहरूको सूची पठाउँछ।


११. Indeed – www.indeed.com


"Remote" भनेर सर्च गर्दा घरबाट गर्न मिल्ने जागिरहरूको सूची देखिन्छ।


१२. LinkedIn – www.linkedin.com/jobs


"Remote" फिल्टर प्रयोग गरेर ठूला कम्पनीका कामहरूको पहुँच पाइन्छ।


१३. Simply Hired – www.simplyhired.com


विभिन्न वेबसाइटहरूबाट कामको सूची ल्याउने एग्रिगेटर प्लेटफर्म हो।


१४. Remote Work Hub – www.remoteworkhub.com


रिमोट, फ्रीलान्स तथा लचिलो कामहरूको लागि उपयोगी साइट।


१५. Pangian – www.pangian.com


समावेशी र लचिलो कम्पनीहरूसँग काम गर्न चाहने विश्वव्यापी ट्यालेन्टका लागि।


१६. Remote Jobs Club – www.remotejobsclub.com


हप्तामा दुई पटक फ्री ईमेल मार्फत छनौट गरिएका रिमोट कामहरू पठाउँछ।


१७. Dynamite Jobs – www.dynamitejobs.com


हप्तामा सयौं रिमोट कामहरू पोस्ट हुन्छन्। सीधा कम्पनीसँग सम्पर्क गर्न सकिन्छ।


१८. SkipTheDrive – www.skipthedrive.com


सफा र प्रयोग गर्न सजिलो प्लेटफर्म जसमा बिभिन्न रिमोट कामहरू भेटिन्छन्।


१९. Remotive – www.remotive.io


टेक कामहरूको लागि विशेष। कम्युनिटी, ब्लग र न्यूजलेटर पनि छ।


२०. Remote.com – www.remote.com


रिमोट जागिर मात्र होइन, अन्तर्राष्ट्रिय कर्मचारी भर्ना तथा पे रोल सेवा पनि दिन्छ।


२१. Outsourcely – www.outsourcely.com


स्टार्टअपहरूका लागि रिमोट काम गर्ने प्लेटफर्म। लेखन, सपोर्ट, डिजाइन लगायतका कामहरू।


२२. Guru – www.guru.com


उत्कृष्ट र सुरक्षित तलब प्रणाली भएको पुरानो फ्रीलान्सिङ्ग साइट।


२३. Remotees – www.remotees.com


विभिन्न प्लेटफर्मबाट कामहरूको सूची ल्याउने वेबसाइट।


२४. Remote4Me – www.remote4me.com


विशेष गरी डेभलपर्स, QA, DevOps पेशागतहरूको लागि फिल्टरिङ्ग सुविधा सहित।


२५. PowerToFly – www.powertofly.com


महिलाहरूका लागि उपयुक्त प्लेटफर्म जसले समावेशी कम्पनीहरूसँग जडान गराउँछ।


२६. Jobscribe – www.jobscribe.com


स्टार्टअप तथा टेक कम्पनीहरूको रिमोट काम ईमेलद्वारा पठाउने सेवा।


२७. Stack Overflow Jobs – www.stackoverflow.com/jobs


डेभलपर्सका लागि लोकप्रिय प्लेटफर्म (हाल सिमित रूपमै उपलब्ध)।


२८. Working Not Working – www.workingnotworking.com


क्रिएटिभ पेशागतहरू (डिजाइनर, लेखक, भिडियो एडिटर) का लागि उपयुक्त।


२९. Remoters – www.remoters.net/jobs


रिमोट जागिरहरू, टुलहरू र सफलता कथाहरू भेटिने स्थान।


३०. GitHub Jobs – jobs.github.com


हाल बन्द भए पनि केही पुराना लिस्टिङ्गहरू अझै भेटिन्छन्।


३१. EuropeRemotely – www.europeremotely.com


युरोपियन टाइम जोनमा काम गर्न चाहनेहरूका लागि।


३२. Remote Jobs PH – www.remotejobs.ph


फिलिपिन्सका लागि विशेष, तर अन्य देशका प्रयोगकर्ताहरूले पनि आवेदन दिन सक्छन्।


३३. Freelanced – www.freelanced.com


फ्रीलान्सरहरूलाई आफ्नो सेवा प्रमोट गर्न र काम खोज्न सजिलो प्लेटफर्म।


३४. Crowdsource – www.crowdsource.com


सूक्ष्म-कार्य (माइक्रोटास्क) मा आधारित प्लेटफर्म – लेखन, ट्रान्स्क्रिप्सन आदि।


३५. Remotepreneurs – www.remotepreneurs.com


फ्रीलान्सर, स्टार्टअप फाउन्डर र रिमोट वर्कर्सका लागि समुदाय तथा प्लेटफर्म।


३६. Remote Workmate – www.remoteworkmate.com


विशेष गरी फिलिपिनोहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जडान गर्ने प्लेटफर्म।


३७. Remote-Developer-Jobs – www.remote-developer-jobs.com


डेभलपर्सका लागि विशेष रिमोट कामहरूको सूची।


३८. RemoteWork.us – www.remotework.us


नव-प्रवेशीहरूको लागि उत्कृष्ट रिमोट काम प्लेटफर्म।


३९. Fiverr – www.fiverr.com


फ्रीलान्सिङ्ग सेवा बेच्ने मार्केटप्लेस। "Gigs" सिर्जना गरेर सेवा बेच्न सकिन्छ।


सावधानी:


यी सबै साइटहरूमा काम पाउन तपाईंको दक्षता, अनुभव, र प्रोफाइलको गुणस्तरमा निर्भर गर्छ। राम्रो रिज्युमे, पोर्टफोलियो र धैर्य आवश्यक हुन्छ।


घण्टौको काम मिनेटमा गर्न सघाउने AI tools

 घण्टौको काम मिनेटमा गर्न सघाउने AI tools:

1. Research

- ChatGPT

- Claude 

- DeepSeek R1

- Gemini

- Abacus

- Perplexity 


2. Image

- Midjourney

- Dall E-3

- Flux

- Stability AI

- Grok


3. CopyWriting

- Rytr

- Copy AI

- Writesonic

- Adcreative AI

- otio


4. Writing

- Jasper

- HIX AI

- Jenny AI

- Textblaze

- Quillbot


5. Website

- 10Web

- Durable

- Framer

- Style AI

- Landingsite


6. Video

- Sora

- Luma

- Kling

- Pika

- InVideo

- HeyGen

- Runway

- ImgCreator AI

- Morphstudio .xyz


7. Meeting

- Tldv

- Otter

- Noty AI

- Fireflies


8. SEO

- VidIQ

- Seona AI

- BlogSEO

- Keywrds ai

- Seona


9. Chatbot

- Droxy

- Chatbase

- Mutual info

- Chatsimple


10. Presentation

- Decktopus

- Slides AI

- Gamma AI

- Designs AI

- Beautiful AI

- PopAi


11. Automation

- Make

- Zapier

- Xembly

- Bardeen


12. UI/UX

- Figma

- Uizard

- UiMagic

- Photoshop


13. Design

- Canva

- Flair AI

- Clipdrop

- Autodraw

- Magician design


14. Logo Generator

- Looka

- Designs AI

- Brandmark

- Stockimg AI

- Namecheap


15. Audio

- Lovo ai

- Eleven labs

- Songburst AI

- Adobe Podcast


16. Startup

- Tome

- Ideas AI

- Namelix

- Pitchgrade

- Validator AI

मेरो छोरी शिक्षा केसी — हाम्रो सपना, हाम्रो गौरव, हाम्रो भविष्य"

जीवनका केही पलहरू यस्ता हुन्छन्, जुन शब्दले भन्दा मनको भावनाले बढी महत्त्व राख्नेरहेछ, आज म एक बाबुको नाताले अत्यन्तै खुशी छु, किनभने आजको मितिमा मेरी प्यारी छोरी शिक्षा केसीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क-२ मा अवस्थित अर्घाखाँची आवासीय माध्यमिक विद्यालयबाट शैक्षिकसत्र २०८१ को  Student of the Year को अवार्ड प्राप्त गरेकिछिन्। यो केवल एउटा प्रमाणपत्र वा सम्मान मात्र हैन, यो त उसले देखाएको कडा मेहनत, इमान्दारिता, बानी व्यहोरा, अनुशासन र संस्कारको प्रमाण हो। एउटा बाबुका लागि आफ्नो छोरीले असल बाटो समातेको, राम्रो पढाई गरेको, संस्कारी बनेको हेर्नु नै उसको सपना हुनेरहेछ मेरो पनि तेस्तै छ ।

छोरी शिक्षा मेरो लागि केवल छोरी मात्र नभई मेरो सपना, मेरो गौरव र भविष्यको आशा पनि हो। आज ऊ कक्षा ८ मा पढ्दैछ, तर सानैदेखि उसमा देखिएको लगन, मेहनत, माया र आदरको भावना देख्दा मलाई लाग्छ ऊ भविष्यमा असल डाक्टर होस् वा सक्षम प्रशासनिक कर्मचारी बनेर उसले हाम्रो सपना साकार पार्निछे, मलाई विश्वास छ, उसले कहिल्यै हाम्रो सपना तोड्ने छैने, उसले कहिल्यै हाम्रो आशामा चोट नपुर्याउनेछैने किनभने ऊ सानैदेखि नै जिम्मेवार, अनुशासित र मिहिनेती छे।


पुरस्कार ग्रहण गर्दै





उसको अर्को विशेषता भनेको चित्रकला हो। उसमा चित्रकलाको अद्भुत प्रतिभा छ। उसले धेरै पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिताहरुमा भाग लिई पुरस्कार पनि जितिसकेकी छे। उसको चित्रहरु केवल आकृति मात्र होइन, भावना बोल्ने कला पनि हुन्। साथै उसको हस्तलेखन (नेपाली अङ्ग्रेजी हेन्डराइटिङ ) पनि धेरै राम्रो छ । मलाई लाग्छ उसको यो सीप भविष्यमा उसलाई अझ फराकिलो ठाउँमा चिनाउने शक्ति राख्दछ।



आजको मितिलाई उसले धेरै वर्षपछि यो ब्लग पढ्दा पनि सम्झिनेछे, बाबुआमाले कस्तो आशा राख्नुहुन्थ्यो, कस्तो माया थियो, कस्तो विश्वास थियो भनेर।

पुरस्कार ग्रहण पश्चात्शि क्षा के.सी आफ्नो बहिनी दिक्षा के.सीसग

एक बाबुको मन र एक आमाको मनले सधै आफ्नो सन्तान राम्रो बनोस्, राम्रो पढोस्, राम्रो व्यवहार राखोस् र जीवनमा असल मान्छे बनोस भन्ने चाहना हर कसैले राख्दछ, छोरी भनेपछि झनै भावना जोडिदोरहेछ, हाम्रो समाजमा अझै कतैकतै छोरीलाई हेर्ने दृष्टिकोण पुरानो सोचले भरिएको पाइन्छ। तर म चाहन्छु, छोरीहरुलाई छोरा सरह अवसर दिऔं, शिक्षा दिऔं, आत्मनिर्भर बनाऔं। छोरा र छोरी एउटै हुन् भन्ने कुरा व्यवहारमै लागू गर्नुपर्दछ ।


शिक्ष्या मेरो जीवनको सम्पत्ति हो। उ भबिस्यमा जे बनोस्  त्यो ऊ आफैं पनि निर्णय गर्नेछे तर असल मानिस बनेको देख्न पाउनु नै मेरो सधैंको चाहना हो। पढाई त जीवनको एक भाग हो तर संस्कार, व्यवहार र मानवता अझै ठूलो सम्पत्ति हो। हामी अभिभावकले पढाईसँगै संस्कार पनि दिऊँ, असल मान्छे बनाउने वातावरण सिर्जना गरौं।



आजको यस अवसरमा म शिक्ष्याको विद्यालय अर्घाखाँची आवासीय माध्यमिक विद्यालय परिवारप्रति हार्दिक आभारी छु। यस विद्यालयले मात्र होइन, यहाँका शिक्षक शिक्षिकाहरुले, सम्पूर्ण व्यवस्थापनले र वातावरणले नै उसलाई यस्तो बन्न सघाएको हो। विशेष धन्यवाद म सो बिद्यालयका प्रबन्ध निर्देशक श्रीकृष्ण भुसाल सरलाई दिन चाहन्छु, जो शिक्षा र सामाजिक सेवाको क्षेत्रमा एक अद्भुत व्यक्तित्व हुनुहुन्छ। उहाँको नेतृत्व, मार्गदर्शन र योगदान वास्तवमै प्रशंसनीय छ। उहाँ जस्ता शिक्षाविद् पाउनु हामी अभिभावकहरुको लागि ठूलो सौभाग्य हो।


अन्ततः म सम्पूर्ण अभिभावक साथीहरुलाई अनुरोध गर्न चाहन्छु, सन्तानलाई शिक्षित बनाऔं, तर केवल किताबको अक्षरमा मात्र सीमित नराखौं। सन्तानलाई राम्रो संस्कार, आदर, इमान्दारिता, कर्तव्यबोध र आत्मनिर्भर बनाउने शिक्षा पनि दिऊँ। पढाउनुस्, बुझाउनुस्, उनीहरुको रुचि र सीपलाई चिन्नुस्। कहिल्यै छोरा र छोरी बिच फरक नपारौं। छोरीलाई शक्ति, विश्वास र आत्मनिर्भरता दिने वातावरण बनाऔं।

देब्रेबाट दोश्रो: फाइल फोटो

अन्त्यमा, मेरो यो सानो लेख पढिदिनु भएकोमा सबैलाई हृदयदेखिको धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरुको साथ, सुझाव र मायाले मलाई अझ प्रेरित बनाउनेछ। सन्तान राम्रो भएमा त्यो नै अभिभावकको सबैभन्दा ठूलो सम्पत्ति हो, सबैभन्दा ठूलो सफलता हो। सधैं सम्झनुहोस्, सन्तानले राम्रो गरे भने, त्यसको प्रत्यक्ष खुशी अभिभावकलाई नै मिल्दछ।

अन्त्यमा छोरी शिक्षा केसी जिवनका कयौ खुटकिला तर्न सक्ने शक्ति तिमिलाई मिलोस, फेरि एक पटक तिमिलाई धेरै धेरै बधाई, आशीर्वाद र मायाँ। तिमीले हाम्रो सपना साकार बनाउदै जानूपर्छ । तिमी हाम्रो भविष्य, हाम्रो गर्व र हाम्रो जीवनको सम्पत्ति हौ।


तिम्रो 

बुवा : भुवन के. सी. 

आमा: निर्मला रायमाझी 

मिति:  अप्रेल ९ २०२५


--------

शिक्षाका केही तस्बिर एव बनाएका चित्रहरु :





























यो गन्थन पढिदिनुभएकोमा तपाईंलाई धन्यवाद ।

सो समारोहमा आफ्नो मन्तब्य राख्दै शिक्षा के.सी. 

अर्घाखाँची आवासीय माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन, विश्लेषण र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

 अर्घाखाँची आवासीय माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन, विश्लेषण र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।


विद्यालयमा चालू शैक्षिक सत्रमा शैक्षिक उपलब्धिमा ५ प्रतिशत भन्दा अभिवृद्धी भएको तथ्यांकले देखाएको छ। नतिजाको विश्लेषणात्मक रिपोर्ट प्रस्तुत गर्दै विद्यालयका प्रवन्ध निर्देशक श्रीकृष्ण भुसालले उक्त तथ्य प्रस्तुत गर्नुभएको हो।


कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर राउतको अध्यक्षता, अर्घाखाँची शैक्षिक गुठीका अध्यक्ष राम बहादुर रायमाझीको प्रमुख आतिथ्यता, प्रिन्सिपल चिपनारायण बन्जाडेको स्वागत मन्तब्य र वरिष्ट शिक्षक ध्रुव आचार्यको सञ्चालनमा सम्पन्न भएको हो।


कक्षा प्रथम, द्वितीय र तृतीय तथा कक्षागत रुपमा सबैभन्दा बढी उपस्थिति, अनुशाशन, विद्यालय पोशाक तथा सरसफाई लगायतका विधामा विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै सम्मान समेत गरिएको थियो।


सम्मान तर्फ कक्षा १० मा अध्ययनरत क्षितिज पुनले "Pride of Belbatika" तथा कक्षा ८ मा अध्ययनरत छात्रा शिक्षा के. सी. ले "Student of the year" उपाधि प्राप्त गरेका थिए।


साथै, दिवङ्गत संस्थापक तथा वरिष्ट समाजसेवी फर्सुराम पराजुलीको स्मृतिमा वहाँका सुपुत्र तथा विद्यालयका प्रवर्धक दीपक पराजुलीले "Student of the year" उपाधि प्राप्त गर्ने विद्यार्थीलाई आकर्षक पुरस्कार सौजन्य गर्नुभएको थियो। प्रवर्धक दीपक पराजुलीले अर्घाखाँची आवासीय माध्यमिक विद्यालय र सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कुलका उक्त उपाधि प्राप्त गर्ने सर्वोकृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कार सौजन्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा कक्षा ८ की विद्यार्थी शिक्षा के सी, अभिभावक सिद्धि भट्टराई, संस्थापक तथा पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक बाबुराम शर्मा लगायतले मन्तव्य दिनुभएको थियो।






स्रोत: प्राचार्य  श्रीकृष्ण भुसाल फेसबुक




नेपालमा फेसबुक, ट्विटर इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु बन्द हुदै

नेपालमा फेसबुक, ट्विटर इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु बन्द हुदैछ्न भन्ने चर्चा व्यापक रूपमा भइरहेको छ। सरकारको भनाइ अनुसार, यदि यी कम्पनीहरूले आफुलाई नेपालमा दर्ता गरेर कानुनी प्रक्रिया पूरा गरेनन् भने तिनीहरूलाई बन्द गरिन सक्छ। तपाईं हामी मध्ये धेरैलाई यो निर्णय नराम्रो लागे पनि, यसको केही फाइदाहरु पनि छ्न ।



सबैभन्दा पहिलो कुरा सकारात्मक पक्ष हेर्ने हो भने, सरकारले सामाजिक सञ्जाललाई नियमन अथवा नियन्त्रण  गर्न खोज्नु राम्रै कुरा हो। अहिले फेसबुक, ट्विटर एक्स जस्ता ठूला कम्पनीहरूले नेपालमा करोडौंको विज्ञापन कारोबार गरिरहेका छ्न , तर तिनिहरुले टिकटकलेले जस्तै दर्ता भएर नेपाललाई प्रत्यक्ष रूपमा कुनै राजस्व तिर्दैनन्। यदि यीनीहरु दर्ता भएर कर तिर्ने हो भने, हाम्रो देशको अर्थतन्त्रलाई मद्दत पुग्न सक्छ। साथै फेसबुक लगायतमा हुने गलत सूचना, अनलाइन ठगी, र सामाजिक सञ्जालमा फैलिने अफवाह नियन्त्रण गर्न पनि सरकारले प्रभावकारी भूमिका खेल्न सक्छ। यदि दर्ता भएमा फेसबुकको गलत प्रयोगको कारण धेरै मान्छेको जीवन बर्वाद भएको हामीलाई थाहै छ यस्ता कुरा नियन्त्रण हुन सक्छ्न ।


तर, नकारात्मक पक्षहरु निकै गहिरा छ्न। यदि यी चिजहरु पूर्ण रूपमा बन्द भए भने, व्यवसाय, सञ्चार, र प्रविधि क्षेत्रमा ठूलो असर पर्छ। अहिले धेरै व्यवसायीहरू आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्न सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा भर परेका छन्। डिजिटल मार्केटिङको अवसर गुम्दा साना उद्यमीहरूलाई ठूलो घाटा हुन सक्छ। जस्तै मेरो भिडियो तपाईं फेसबुककै माध्यमबाट हेर्दै हुनुन्छ ।


अर्को ठूलो असर भनेको युवा पुस्तामा पर्छ। आजकल धेरै युवा फेसबुक र इन्स्टाग्राममार्फत डिजिटल काम गर्दै पैसा कमाउँदै छन्। भिडियो बनाउने, ब्लग लेख्ने, अफिलिएट मार्केटिङ, इन्फ्लुएन्सर मार्केटिङ जस्ता डिजिटल प्लेटफर्महरू मार्फत युवा पैसा कमाइरहेका छन्। यदी यी प्लेटफर्महरू बन्द भए भने युवाहरूका लागि नयाँ अवसरहरू गुम्नेछन्। उनीहरूको रचनात्मकता र मेहनतलाई विश्वभरका दर्शकसम्म पुर्याउने अवसर गुम्नेछ ।


त्यस्तै, विदेशमा रहेका नेपालीहरूका लागि यी प्लेटफर्महरू संचारको मुख्य माध्यम हुन्। परिवारसँग सम्पर्क राख्न, नेपालका गतिविधि थाहा पाउन, तथा आफ्ना अनुभव बाँड्न फेसबुक र इन्स्टाग्राम महत्त्वपूर्ण छन्। अब प्रतिबन्ध लागेमा अन्य वैकल्पिक उपायहरू खोज्नुपर्ने हुन्छ, जुन सबैका लागि सजिलो नहुन सक्छ।


अनि अर्को कुरा नेपाल अहिले डिजिटल युगमा प्रवेश गरिरहेको छ। प्रविधिलाई सहज र मर्यादित रूपमा प्रयोग गर्ने वातावरण बनाउनु पर्छ, तर त्यसको लागि प्रतिबन्धभन्दा पनि ठोस नीति आवश्यक छ। सरकार, सामाजिक सञ्जाल कम्पनीहरू, र नागरिकहरू बीच सहमति गरेर बीचको समाधान खोज्नु नै सबैभन्दा उचित उपाय हुन सक्छ।


तपाईंको विचार के छ? के नेपालमा सामाजिक सञ्जाल बन्द हुनु ठिक होला? 


कमेन्टमा लेख्नुहोस्! 










मृत्यु एक शाश्वत अनुभब : गोबिन्दराज पौडेल

   (मेरो जीवनमा घटेको यथार्थ  र सत्य घटना)


२०८० चैत २३ गते शुक्रबार एकादशीको दिन बिहान घाम लागि सकेपछि मात्र म उठें। बाहिर चम्किला लागे पनि किन किन त्यो दिन मेरो दिलमा घाम लागेन।मन सारै उदास उराठ र खिन्नताले छाएको थियो। प्रिया पनि घरमा थिइनन्।

घरमाछोरा अभिलेख र मेरो जेठान दाजु कृष्णको छोरा कुशल भण्डारी थियो। खाना खाने बेला हुँदै थियो। यसो मोबाइल खोलेको धापासी च्यासिङ्टोलबाट मावली दाजु पर्ने रामचन्द्र पन्थीले केही
मेसेज गर्नुभयो र घरमा आउन भन्नुभयो। म खाना खाइसकेपछि छोरा अभिलेखलाई च्यासिङ  टोलसम्म पुर्याउन भने। आज्ञाकारी छोराले मलाई पुर्‍याइ हाल्यो। बहिनी इन्दिरा र दाजु रामचन्द्रसँग केही गफगाफ गरी हामी अर्का दाजु ऋषभ पन्थीको घरमा गयौं। त्यो दिन एकादशी परेकोले फलफूलकै नास्ता गरी साँझ घर फर्किए। फर्किँदा ऋषव दाजुको घर धापासीदेखि रामचन्द्र दाजुको घर नजिक सम्म दुइभाई गफिदै आयौ।च्यासिङटोलबाट एक्लै हेपाली हाइट हुदै गोल्फूटार आएर  बुढानिलकण्ठको बस चढें। बसबाट चपली घुम्टी ओर्ले पछि ओरालो हुदै निबास पासिकोट  डाईमण्ड कोलोनी तर्फ मोडिएँ।   

                 त्यो दिन बिहान उठ्दा मन उदास खिन्नता र बाहिर घाम लागेजस्तो नभएता पनि अन्य शारीरिक कमजोरी त्यस्तो केहि महशुस भएको थिएन।तर एक्कासी तल्लो पासिकोट मार्गको प्रगति कोलोनी चोकमा आउदा मेरो शरीर एकदमै भारी भएको, हदभन्दा धेरै थाकेको गलेको महशुस भयो। त्यहीँ पिच सडकमै एकै छिन पछारिउँ जस्तो लाग्दा लाग्दै पनि घरसम्म आइपुगेँ। म घरमा आइपुग्दा साढे चार बजेको थियो। घर आइपुगेपछि कुशललाई बोलाएर अलिकति बिरेनुनमा कागती निचोरेर एक गिलास पानी ल्याइदिन र एक कप चिया बनाएर ल्याउन भने।अनि मैले लगाएको कपडा पनि नखोली बेडरुममा आएर पल्टिएँ। कुशलले पहिले कागती पानी अनि चिया ल्याएर दियो। पानी चिया खाएपछि एकछिन आराम गरेँ। तर त्यतिबेला मेरो शरीर एकदमै बोझिलो भारी चक्कर आए जस्तो वर्णनै गर्न नसकिने कस्तो कस्तो महसुस भइरहेको थियो। मेरो मनमा अनेक खालका तरङ्गहरू आइरहेका थिए। कहाँ जाउँ कहाँ जाउँ के गरौँ के गरौँ कसो गरौँ जस्तो भइरहेको थियो। मन मस्तिष्क र पुरै शरीरमा एक किसिमको नयाँ ऊर्जा प्राप्त भएको अनुभव भएको भयो। बिस्तारामा आराम गर्दै थिएँ। कतिबेला अचेत भएछु पत्तै भएन। 

कुशलले आएर भिनाजु भिनाजु भन्दै बोलाएछ। म नबोलेपछि निदाएको सोची ऊ सदा झैं दुध लिन गएछ। दुध लिएर आइसकेपछि ऊ पुन:मेरो कोठामा आई मलाई बोलायो। त्यतिबेलासम्म म पहिलो अचेतन अवस्थाबाट चेतनामा आइसकेको रहेछु। छोरा अभिलेख अमेरिकन एम्बेसीको कार्यक्रममा बाहिर गएको थियो र साँझ घर नआउने कुरा कुशललाई भनेको रहेछ। कुशलले साँझ के खाने के पकाउने भनेर मसँग सोध्यो। त्यतिबेला मेरो शरीरमा एउटा अनौठो परिवर्तन आइसकेको थियो। मलाई कुनै खाने मन थिएन। भित्रका आन्द्राभूडी त के शरीरका पुरै अङ्ग प्रत्यङ्ग हातखुट्टा समेत मुखबाटै उल्टी भएर बाहिर आउलान् जस्तो महसुस भइरहेको थियो। मैले मलाई सन्चो नभएको खान मन नभएको र केही नखाने कुरा कुशलसँग भने। अलि ठिक भए एक गिलास दूध खान्छु भन्दै उसलाई आफ्नो लागि खाना बनाउन भने तर उसले एक्लै खाना नपकाउने त्यहाँ जे छ अरु त्यही खाएर बस्ने कुरा गर्यो। त्यतिबेला मलाई झनै गाह्रो भएको थियो। मेरो मनमा अनेक तरङ्गहरू आएका थिए। मैले कुशललाई मलाई आज धेरै नै सन्चो नभएको कुरा भने। 

अनि कुशललाई म आज सायद मर्छु क्या हो धेरै गाह्रो भयो मलाई ख्याल गर्दै गर्नु सम्म भन्न भ्याएँ। अनि कुशलले त्यस्तो केहि हुदैन नआत्तिनु भन्दै दुध तताउँछु भनेर माथि गयो। अनि मैले छोरालाई फोन गरे। उसले घर नआउने कुरा गर्यो।  मैले आफूलाई सन्चो नभएको कुरा पनि भने। छोरोले पनि केही हुँदैन त्यस्तो नआत्तिनु बाबा भोलि आइहाल्छु नि भनेर आश्वासन दियो। यसै बीचमा मेरो शरीरमा मैले सोच्दै नसोचेको कल्पनासम्म पनि गर्न नसकेको परिवर्तन आइरहेको थियो।बिभिन्न तरङ्गहरू पैदा भएका थिए कस्तो कस्तो व्यक्त गर्न नसकिने एउटा तितोतितो मिठोमिठो अनुभव जस्तै भएको थियो। मलाई पुरै रिंगाएको घरै घुमाएको शरीर पुरै भारी भएको अवस्था थियो। क्षणभरमै मेरो सम्पूर्ण संसारिक मोह भङ्ग भएको थियो र मलाई लागिरहेको थियो म अब अर्को कुनै दुनियामा जानुपर्छ। मेरा पाइलाहरूले अर्को दुनियाँको बाटो रोजिरहेका थिए। 

मनमा यस्तो एउटा उत्साह र उमङ्ग आएको थियो।तँ अब यो दुनियामा होइन अर्को दुनियामा जानुपर्छ भन्ने भावनाले उत्प्रेरित गरिरहेको थियो। साँच्चै भन्दा मलाई सहर्ष मर्न रहर लागेको थियो उत्प्रेणा जागेको थियो।अब मैले बल गरेर भएपनि जोड गरेर भएपनि अर्को दुनियामा जानुपर्छ भन्ने लागिरहेको थियो। हर्ष न विस्मातका नयन धाराहरु बगिरहेका थिए। खुट्टाहरू अर्कै दुनियाको बाटो तय गर्न आतुर भइसकेका थिए। मेरो मन मस्तिष्क र मुटु सबैले मृत्युलाई सहर्ष र्स्वीकार गरिसकेको थियो। र शरीरले जोड बल पनि गर्दै थियो।किन मेरो आत्माले यसरी सजिलै मृत्यु स्विकार्दै  थियो ? मलाई नै थाहा थिएन तर म अर्कै दुनियामा जान खुशीसाथ तयार थिए।रत्तिभर डराएको थिईन र शरीरले जोड बल गरिरहेको थियो।

यसै बीचमा आफूलाई साह्रै गाह्रो भएकोले मेरा अनन्य मित्र तथा छिमेकी टामलाल पाण्डेका छोरा भतिज शिव पाण्डेलाई फोन गरेर भने शिव तिमी कहाँ छौ ? शिवले घरै छु भनेपछि तुरुन्तै म कहाँ आउन भने शिव पनि तुरुन्तै आइहाले। सायद त्यतिबेला रातिको आठ बज्दै थियो तल गेट लगाइसकेको रहेछ। शिवले फोन गरेर गेट लगाएको कुरा गरे।म बिस्तारामा मृत्युलाई अंगाल्दै थिए। कोठामा कोही पनि नभएकोले ढोका खोल्न भन्नको लागि कुशल भन्दै बेडरुमबाट जनतन उठेर बाहिर जाँदै थिए। लिभिङमा पुग्ने बित्तिकै ड्याम्मै ढलेछु पूर्ण अचेत अवस्थामा।
   
त्यसपछि बाहिरी दुनियाको कुरा मलाई केही थाहा छैन। म पूर्ण रुपमा अचेत भई लडिसकेको अवस्था थियो। तर मेरो भित्री मनको आन्तरिक चेतनाभित्र एउटा कुरा खुलिरहेको थियो।भौतिक शरीर अचेत अवस्थामा लडिरहेको भएपनि भित्री चेतनाभित्र मैले केही देखिरहेको थिएँ। मेरा आँखा अगाडि स्क्रीनमा केही पर्दाहरू देखिएका थिए।स्क्रिनमा देखिएका पर्दाहरू रातो कालो र हरियो रङका थिए। कालो रङको पर्दामा देखिने चित्रहरू नबुझिने गज्याङ मुजुङ खालका र अमुक जस्ता देखिन्थे। रातो रङको पर्दामा भने मेरा स्वर्गीय हजुरबुवा हजुरआमा ठूलोबाबा ठुलीआमा माइलोबाबा माइलीआमा साइलोबाबा साइलीआमा कान्छोबाबा ठुली फुपु सानी फुपू मावली हजुरबुवा हजुरआमा,आमा तर्फका ठूलोबाबा ठुलीआमाहरू भान्जदाईहरु ससुराबा लगायत मेरा सम्पूर्ण आफन्तीहरू र अन्त्यमा मेरै स्वर्गीय बाबाको उपस्थिति देखिन्थ्यो। 

सायद त्यो अर्कै दुनियामा पुगेर मैले मेरा सम्पूर्ण आफन्तीहरुलाई भेटिसकेपछि अन्त्यमा गएर म मेरै बाबासँग बस्नुपर्ने थियो। मैले अनुहार त के फोटोसम्म पनि नदेखेका मेरा हजुरबुवा हजुरआमा ठुलो बाबा ठुली फुपूहरूलाई पहिलोपटक त्यही त्यो रातो पर्दाको स्क्रिनमा देखें।अहिले पनि उहाँहरूको अनुहार मेरो मस्तिष्क भित्र ताजै छ। मैले आफूलाई अर्कै दुनियामा आउन पाएको र आफ्ना समस्त स्वर्गीय आत्माहरुलाई भेट्न पाएकोमा खुसी व्यक्त गरिरहेको थिए। मैले नदेखेको र चिन्न नसकेका मेरा स्वर्गीय हजुरबुवा हजुरआमा ठुलो बाबा ठुली फुपु लगायतलाई मेरो बाबाले माईला ल अव चिन,तैले चिन्नु पर्छ भन्दै चिनाइरहनुभएको थियो। मैले आफन्तीहरू चिन्ने सुवर्ण अवसर पाएको थिएँ। म खुसीले गदगद भएको थिएँ किनकि म बाबाको अगाडि आठ वर्ष पछाडि भेटिन पुगेको थिए।

त्यसपछि स्क्रीनमा टाँगिएको तेस्रो पर्दा हरियो रङको थियो हरियो पर्दामा मेरा जीवित सम्पूर्ण आफन्तहरु थिए। त्यहाँ देखिने सबै आफन्तहरु आआफ्ना काममा व्यस्त भएको देखिन्थ्यो। लाग्थ्यो त्यो कुनै रङ्गशाला कार्यशाला मधुशाला जस्तै थियो सबैको व्यस्तता अनौठो थियो। घरभरि मामाहरू माइजुहरु माईली ठुलीआमा दाजुहरु भाउजुहरु भान्जदाई भाउज्यू बहिनी ज्वाई भान्जभान्जी लगायत अन्य सम्पूर्ण आफन्तहरूको घुइँचो थियो। दाजुले केही लेख्दै हुनुहुन्थ्यो भाउजु खाना बनाउँदै हुनुहुन्थ्यो। भाइले भैसी दुहुदै थियो। बुहारी दुर्गा सालका पातका हरिया दुना टपरीहरू गास्दै थिइन भने बुहारी प्रतिभा छोरा अनुज र नाती प्रयागले ती हरिया दुनाहरुमा आएका आफन्तहरुलाई सर्वत बाढीरहेका थिए। अर्को तिर छोराहरू अंकित अशेष आयूस छोरीहरू अस्मिता एलिनाहरूले विभिन्न तरकारीहरू काट्दै थिए। लाग्थ्यो त्यहाँ ठूलै भोजभतेर हुँदैछ। आमाले सबैलाई आआफ्नै तरिकाबाट खटनपटन गरिरहनुभएको थियो।छोरा अभिलेखले मेरो हातमा समातेर सहारा दिईरहेको थियो। छोरी ईशाले हातमा लौरो लिएर पर क्षितिजतिर भाग्दै गरेको कालो छायाको पछिपछि दौडदै बाबा बाबा भनिरहेकी थिइन।  

प्रियाले भने मलाई कहिँ  कतै जान रोक्दै थिईन। मेरो बाटोमा अबरोध हाल्दै थिइन।सायद मेरो चिरायूको कामना गरिरहेकी थिईन। यत्तिकैमा मोनालिसाको जस्तो मिल्दो कुनै अमुक कुसुम कलिका(फूलको कोपिला)आएर प्रियासंग हाते साङ्गलो गर्दै मेरो बाटोमा कडा अबरोध गरेकि थिइन।म कहिँ कतै जान पाएको थिईन। यि सबै घटनाहरू र परिदृश्यहरू आकाशमा बिजिली चम्केजस्तो जुनकिरीको प्रकाशजस्तो सिनेमाहलको पर्दामा रिल परिबर्तन भए जस्तो मिलिक्क मिलिक्क  गरिरहेका थिए। मेरो पूर्ण अचेत भौतिक शरीर भित्र रहेको शुक्ष्म मश्तिस्कमा Hallucination(भ्रम)भैरहेको थियो सायद।मैले यि परिदृश्यहरू बाहिरी चक्षुले होइन आत्मिक चर्म चक्षुले देखिरहेको थिए भनेआबाजहरू पनि हृदयले सुनेको थियो बाहिरी कानले होइन।  
भतिज शिब आएपछि शिब कुशल दुबै मिलेर तल पौडेल दाई भाउज्यू पल्तिर कार्कीसर पदमजि भतिज राजन पौडेल  लगायत वरपर छरछिमेकीलाई खबर भएछ। अनि कसैले शरीर माडने निधारमा पानीपट्टी लगाउने हल्लाउने जस्ता कार्यहरू पश्यात मेरो हल्का चेत आएछ। अनि श्रीधर मरासिनी झबिन्द्र घिमिरे शिब कुशल मिलेर अस्पताल लाने कार्य भयो। छोरा अभिलेख उतैबाट आयो।तर बाटोमा जादा जादै हात्तिगौडा पुग्दा नपुग्दै पुन: तेर्सोपटक पुर्ण अचेत भएछु।      
 यति हुदा हुदैपनि एक डेढ घण्टा भित्र ३-३ पटक अचेत हुदा समेत लाग्छ मैले सहर्ष मृत्यु स्वीकार गरेको, कत्ति नडराएको खुशीसग अर्कै दुनियाँमा जान पाईला सारेको देखेर उस्ले पनि हार खाएछ। सोचेहोला कस्तो जेम्तो रहेछ भने होला साश्सत्व मृत्युलाई सहजै र जोडबल लगाएर ग्रहण गर्न सक्ने गोविन्द।सगै लगेनछ छोडेर गएछ निष्ठुरी दैब।अझै कति दुखै दुख र पीडै पीडा दिन चाहेको छ कन्नी? अचेतबाट चेतमा आउदा बर्षे भेलले पर बगरको सुख्खा बालुवामा उछिट्यायर फटफटाई रहेको माछा जस्तै उपेन्द्र देबकोटा मेमोरियल न्यूरो अस्पताल बासबारीको आईसिसियू बेडमा छटपटाईरहेको थिएँ करिब एक हप्ते यात्राका लागि।

-गोबिन्दराज पौडेल
  (२०८०१२/३०)

गोबिन्दराज पौडेलद्वारा लिखित सत्य घटनामा आधारित यो सृजनालाई फेसबुक लगायतका सन्जालमा सेयर गरिदिनुहोला - प्रकाशक 

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सीडीओ कार्यालयमा डेस्क स्थापना


यो पनि राम्रै काम हो,

 गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमा लेखिए अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु ) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ ।

साथै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।

मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।

भाइबर र ह्वाट्सएपमा म्यासेज पठाउनका लागि ९८५१३६०६०३ नम्बर तोकिएको छ । फोन नम्बर ०१-४२११२५७ र टोल फ्री नम्बर १११२ मा पनि सम्पर्क गर्न सकिने छ ।

meterbyaj@gmail.com मा पनि इमेल पठाउन सकिने गृह मन्त्रालयले जनाएको छ ।




 
Welcome Dialog Box Chat Buttons WhatsApp Chat