Loading recent posts...

Marquee

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन, कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो इमेल आइडीमा सुझाव दिनुहोला । धन्यबाद ।

मेरो छोरी शिक्षा केसी — हाम्रो सपना, हाम्रो गौरव, हाम्रो भविष्य"

जीवनका केही पलहरू यस्ता हुन्छन्, जुन शब्दले भन्दा मनको भावनाले बढी महत्त्व राख्नेरहेछ, आज म एक बाबुको नाताले अत्यन्तै खुशी छु, किनभने आजको मितिमा मेरी प्यारी छोरी शिक्षा केसीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क-२ मा अवस्थित अर्घाखाँची आवासीय माध्यमिक विद्यालयबाट शैक्षिकसत्र २०८१ को  Student of the Year को अवार्ड प्राप्त गरेकिछिन्। यो केवल एउटा प्रमाणपत्र वा सम्मान मात्र हैन, यो त उसले देखाएको कडा मेहनत, इमान्दारिता, बानी व्यहोरा, अनुशासन र संस्कारको प्रमाण हो। एउटा बाबुका लागि आफ्नो छोरीले असल बाटो समातेको, राम्रो पढाई गरेको, संस्कारी बनेको हेर्नु नै उसको सपना हुनेरहेछ मेरो पनि तेस्तै छ ।

छोरी शिक्षा मेरो लागि केवल छोरी मात्र नभई मेरो सपना, मेरो गौरव र भविष्यको आशा पनि हो। आज ऊ कक्षा ८ मा पढ्दैछ, तर सानैदेखि उसमा देखिएको लगन, मेहनत, माया र आदरको भावना देख्दा मलाई लाग्छ ऊ भविष्यमा असल डाक्टर होस् वा सक्षम प्रशासनिक कर्मचारी बनेर उसले हाम्रो सपना साकार पार्निछे, मलाई विश्वास छ, उसले कहिल्यै हाम्रो सपना तोड्ने छैने, उसले कहिल्यै हाम्रो आशामा चोट नपुर्याउनेछैने किनभने ऊ सानैदेखि नै जिम्मेवार, अनुशासित र मिहिनेती छे।


पुरस्कार ग्रहण गर्दै





उसको अर्को विशेषता भनेको चित्रकला हो। उसमा चित्रकलाको अद्भुत प्रतिभा छ। उसले धेरै पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिताहरुमा भाग लिई पुरस्कार पनि जितिसकेकी छे। उसको चित्रहरु केवल आकृति मात्र होइन, भावना बोल्ने कला पनि हुन्। साथै उसको हस्तलेखन (नेपाली अङ्ग्रेजी हेन्डराइटिङ ) पनि धेरै राम्रो छ । मलाई लाग्छ उसको यो सीप भविष्यमा उसलाई अझ फराकिलो ठाउँमा चिनाउने शक्ति राख्दछ।



आजको मितिलाई उसले धेरै वर्षपछि यो ब्लग पढ्दा पनि सम्झिनेछे, बाबुआमाले कस्तो आशा राख्नुहुन्थ्यो, कस्तो माया थियो, कस्तो विश्वास थियो भनेर।

पुरस्कार ग्रहण पश्चात्शि क्षा के.सी आफ्नो बहिनी दिक्षा के.सीसग

एक बाबुको मन र एक आमाको मनले सधै आफ्नो सन्तान राम्रो बनोस्, राम्रो पढोस्, राम्रो व्यवहार राखोस् र जीवनमा असल मान्छे बनोस भन्ने चाहना हर कसैले राख्दछ, छोरी भनेपछि झनै भावना जोडिदोरहेछ, हाम्रो समाजमा अझै कतैकतै छोरीलाई हेर्ने दृष्टिकोण पुरानो सोचले भरिएको पाइन्छ। तर म चाहन्छु, छोरीहरुलाई छोरा सरह अवसर दिऔं, शिक्षा दिऔं, आत्मनिर्भर बनाऔं। छोरा र छोरी एउटै हुन् भन्ने कुरा व्यवहारमै लागू गर्नुपर्दछ ।


शिक्ष्या मेरो जीवनको सम्पत्ति हो। उ भबिस्यमा जे बनोस्  त्यो ऊ आफैं पनि निर्णय गर्नेछे तर असल मानिस बनेको देख्न पाउनु नै मेरो सधैंको चाहना हो। पढाई त जीवनको एक भाग हो तर संस्कार, व्यवहार र मानवता अझै ठूलो सम्पत्ति हो। हामी अभिभावकले पढाईसँगै संस्कार पनि दिऊँ, असल मान्छे बनाउने वातावरण सिर्जना गरौं।



आजको यस अवसरमा म शिक्ष्याको विद्यालय अर्घाखाँची आवासीय माध्यमिक विद्यालय परिवारप्रति हार्दिक आभारी छु। यस विद्यालयले मात्र होइन, यहाँका शिक्षक शिक्षिकाहरुले, सम्पूर्ण व्यवस्थापनले र वातावरणले नै उसलाई यस्तो बन्न सघाएको हो। विशेष धन्यवाद म सो बिद्यालयका प्रबन्ध निर्देशक श्रीकृष्ण भुसाल सरलाई दिन चाहन्छु, जो शिक्षा र सामाजिक सेवाको क्षेत्रमा एक अद्भुत व्यक्तित्व हुनुहुन्छ। उहाँको नेतृत्व, मार्गदर्शन र योगदान वास्तवमै प्रशंसनीय छ। उहाँ जस्ता शिक्षाविद् पाउनु हामी अभिभावकहरुको लागि ठूलो सौभाग्य हो।


अन्ततः म सम्पूर्ण अभिभावक साथीहरुलाई अनुरोध गर्न चाहन्छु, सन्तानलाई शिक्षित बनाऔं, तर केवल किताबको अक्षरमा मात्र सीमित नराखौं। सन्तानलाई राम्रो संस्कार, आदर, इमान्दारिता, कर्तव्यबोध र आत्मनिर्भर बनाउने शिक्षा पनि दिऊँ। पढाउनुस्, बुझाउनुस्, उनीहरुको रुचि र सीपलाई चिन्नुस्। कहिल्यै छोरा र छोरी बिच फरक नपारौं। छोरीलाई शक्ति, विश्वास र आत्मनिर्भरता दिने वातावरण बनाऔं।

देब्रेबाट दोश्रो: फाइल फोटो

अन्त्यमा, मेरो यो सानो लेख पढिदिनु भएकोमा सबैलाई हृदयदेखिको धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरुको साथ, सुझाव र मायाले मलाई अझ प्रेरित बनाउनेछ। सन्तान राम्रो भएमा त्यो नै अभिभावकको सबैभन्दा ठूलो सम्पत्ति हो, सबैभन्दा ठूलो सफलता हो। सधैं सम्झनुहोस्, सन्तानले राम्रो गरे भने, त्यसको प्रत्यक्ष खुशी अभिभावकलाई नै मिल्दछ।

अन्त्यमा छोरी शिक्षा केसी जिवनका कयौ खुटकिला तर्न सक्ने शक्ति तिमिलाई मिलोस, फेरि एक पटक तिमिलाई धेरै धेरै बधाई, आशीर्वाद र मायाँ। तिमीले हाम्रो सपना साकार बनाउदै जानूपर्छ । तिमी हाम्रो भविष्य, हाम्रो गर्व र हाम्रो जीवनको सम्पत्ति हौ।


तिम्रो 

बुवा : भुवन के. सी. 

आमा: निर्मला रायमाझी 

मिति:  अप्रेल ९ २०२५


--------

शिक्षाका केही तस्बिर एव बनाएका चित्रहरु :





























यो गन्थन पढिदिनुभएकोमा तपाईंलाई धन्यवाद ।

सो समारोहमा आफ्नो मन्तब्य राख्दै शिक्षा के.सी. 
यो पोष्टलाई यी बटन दबाएर फेसबुकमा शेयर गर्नुहोस >>

 
Welcome Dialog Box Chat Buttons WhatsApp Chat