मेरो नमस्ते,
मेरो व्यक्तिगत बेवसाइटमा स्वागत छ, म सन् २०१५ देखि यो सञ्चालन गर्दै आएको छु। म पेशाले एक वित्तीय संस्थामा कार्यरत रहेतापनी मेरो मुख्य पेशा आइटी हो, फुर्सदको समयमा अध्ययन र लेखनलाई निरन्तरता दिँदै आएको छु। मलाई लेख्न र सोच्न धेरै मन पर्छ, र त्यही सोचलाई शब्दमा पोख्दै तपाईंहरूसामु ल्याउने प्रयास नै यो ब्लग हो। मैले लेखनलाई केवल रुचि नभएर, जीवनको अभिन्न हिस्सा पनि बनाएको छु बिगतमा मैले रास्ट्रीय मिडिया देखि गल्फ टाइम्समा समेत मेरो लेख प्रकाशित छन। आज भोलि म यो साईट मार्फत मेरा अनुभव, भावना, विचार र समाजप्रति रहेको माया तपाईंहरूसँग बाँड्ने गरेको छु।
मैले विगतमा विभिन्न सामाजिक संस्थामा बसेर काम गर्ने अवसर पाएको छु, जसले गर्दा समाजलाई नजिकबाट बुझ्ने मौका मिल्यो। बिदेशमा रहेर काम गर्दा त्यहा सामाजिक सस्था स्थापना गर्ने आपतबिपतमा परेकालाई सहयोग गर्ने र नेपालमा गाउँदेखि सहरसम्मका मानिस, उनीहरूको समस्या, आशा, सपना र संघर्षहरूसँग प्रत्यक्ष सम्पर्क हुँदा मभित्र पनि धेरै परिवर्तन आएको थियो र छ । ती अनुभवहरू नै मेरो लेखनको आधार बनेका छन्। मैले देखेका, भोगेका, महसुस गरेका कुराहरूलाई सरल भाषामा, तपाईंको मन छोला भन्ने भावनासँग प्रस्तुत गर्न खोजेको हुन्छु ।
मेरा ब्लगहरूमा सामाजिक विषय, जीवनका अनुभवहरू, रोजगारी, प्रवास जीवन, साधारण मानिसको संघर्ष, सिर्जनात्मक विचारहरू र कहिलेकाहीँ राजनीतिक दृष्टिकोण पनि समेटिएको पाइन्छ। म कसैको विरुद्ध होइन, तर सधैं सत्यको पक्षमा हुने प्रयास गर्दछु, मलाई सबैले आफ्नो आफ्नो क्षमता अनुसार अलोचना र सम्मान गर्ने अधिकार छ, मैले देखे भोगेका कुरालाई लेखेर बोलेर केही सकरात्मक सन्देश दिन सकियो भने, त्यही नै मेरो सन्तुष्टि हो जस्तो लाग्दछ ।
अन्त्यमा :
यदि तपाईंलाई म प्रती कुनै सुझाव, प्रतिक्रिया वा व्यक्तिगत रूपमा सम्पर्क गर्न मन लाग्यो भने मलाई मेरो फेसबुक पेज, युटुव च्यानल इन्स्टाग्राम आदिमा म्यासेज गर्नुहोला साथै bhubankc1@yahoo.com मा सम्पर्क गर्न सक्नुहुन्छ: तपाईंको साथ, सहयोग र प्रेरणाले मेरो यात्रा अझ अर्थपूर्ण हुनेछ।
धन्यवाद।
भुवन के.सी.
Namaskar,
Welcome to my personal website. I have been running it since 2015. Although I currently work in a financial institution, my core profession is in IT. During my free time, I consistently continue my journey of learning and writing. I deeply enjoy writing and reflecting, and this blog is my attempt to bring those thoughts to you in the form of words. Writing is not just a hobby for me; it has become an integral part of my life. In the past, my articles have been published in national media and even in Gulf Times. These days, through this site, I share my experiences, feelings, thoughts, and love for society with you.
In the past, I’ve had the opportunity to work with various social organizations, which gave me a deeper understanding of society. Working abroad and helping others during emergencies by establishing social organizations, as well as staying in direct contact with people from villages to cities in Nepal—their struggles, hopes, and dreams—brought a lot of transformation within me. These experiences have become the foundation of my writing. I try to express what I have seen, felt, and experienced in simple language with a hope that it will resonate with your heart.
My blogs often cover social topics, life experiences, employment, migrant life, the struggles of ordinary people, creative ideas, and occasionally, political perspectives. I am not against anyone, but I always strive to stand for the truth. Everyone has the right to critique or appreciate in their own way. If my words and expressions can offer even a small positive message, that alone gives me satisfaction.
In conclusion:
If you would like to give feedback, share suggestions, or reach out to me personally, feel free to message me on my Facebook page, YouTube channel, or Instagram. You can also contact me at bhubankc1@yahoo.com. Your support, encouragement, and inspiration will make this journey more meaningful for me.
Thank you,
Bhuban K.C.
मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो सम्र्पक इमेल आइडीमा दिनुहोला । धन्यबाद ।