Loading recent posts...

Marquee

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन, कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो इमेल आइडीमा सुझाव दिनुहोला । धन्यबाद ।

नेपालमा फेसबुक, ट्विटर इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु बन्द हुदै

नेपालमा फेसबुक, ट्विटर इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु बन्द हुदैछ्न भन्ने चर्चा व्यापक रूपमा भइरहेको छ। सरकारको भनाइ अनुसार, यदि यी कम्पनीहरूले आफुलाई नेपालमा दर्ता गरेर कानुनी प्रक्रिया पूरा गरेनन् भने तिनीहरूलाई बन्द गरिन सक्छ। तपाईं हामी मध्ये धेरैलाई यो निर्णय नराम्रो लागे पनि, यसको केही फाइदाहरु पनि छ्न ।



सबैभन्दा पहिलो कुरा सकारात्मक पक्ष हेर्ने हो भने, सरकारले सामाजिक सञ्जाललाई नियमन अथवा नियन्त्रण  गर्न खोज्नु राम्रै कुरा हो। अहिले फेसबुक, ट्विटर एक्स जस्ता ठूला कम्पनीहरूले नेपालमा करोडौंको विज्ञापन कारोबार गरिरहेका छ्न , तर तिनिहरुले टिकटकलेले जस्तै दर्ता भएर नेपाललाई प्रत्यक्ष रूपमा कुनै राजस्व तिर्दैनन्। यदि यीनीहरु दर्ता भएर कर तिर्ने हो भने, हाम्रो देशको अर्थतन्त्रलाई मद्दत पुग्न सक्छ। साथै फेसबुक लगायतमा हुने गलत सूचना, अनलाइन ठगी, र सामाजिक सञ्जालमा फैलिने अफवाह नियन्त्रण गर्न पनि सरकारले प्रभावकारी भूमिका खेल्न सक्छ। यदि दर्ता भएमा फेसबुकको गलत प्रयोगको कारण धेरै मान्छेको जीवन बर्वाद भएको हामीलाई थाहै छ यस्ता कुरा नियन्त्रण हुन सक्छ्न ।


तर, नकारात्मक पक्षहरु निकै गहिरा छ्न। यदि यी चिजहरु पूर्ण रूपमा बन्द भए भने, व्यवसाय, सञ्चार, र प्रविधि क्षेत्रमा ठूलो असर पर्छ। अहिले धेरै व्यवसायीहरू आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्न सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा भर परेका छन्। डिजिटल मार्केटिङको अवसर गुम्दा साना उद्यमीहरूलाई ठूलो घाटा हुन सक्छ। जस्तै मेरो भिडियो तपाईं फेसबुककै माध्यमबाट हेर्दै हुनुन्छ ।


अर्को ठूलो असर भनेको युवा पुस्तामा पर्छ। आजकल धेरै युवा फेसबुक र इन्स्टाग्राममार्फत डिजिटल काम गर्दै पैसा कमाउँदै छन्। भिडियो बनाउने, ब्लग लेख्ने, अफिलिएट मार्केटिङ, इन्फ्लुएन्सर मार्केटिङ जस्ता डिजिटल प्लेटफर्महरू मार्फत युवा पैसा कमाइरहेका छन्। यदी यी प्लेटफर्महरू बन्द भए भने युवाहरूका लागि नयाँ अवसरहरू गुम्नेछन्। उनीहरूको रचनात्मकता र मेहनतलाई विश्वभरका दर्शकसम्म पुर्याउने अवसर गुम्नेछ ।


त्यस्तै, विदेशमा रहेका नेपालीहरूका लागि यी प्लेटफर्महरू संचारको मुख्य माध्यम हुन्। परिवारसँग सम्पर्क राख्न, नेपालका गतिविधि थाहा पाउन, तथा आफ्ना अनुभव बाँड्न फेसबुक र इन्स्टाग्राम महत्त्वपूर्ण छन्। अब प्रतिबन्ध लागेमा अन्य वैकल्पिक उपायहरू खोज्नुपर्ने हुन्छ, जुन सबैका लागि सजिलो नहुन सक्छ।


अनि अर्को कुरा नेपाल अहिले डिजिटल युगमा प्रवेश गरिरहेको छ। प्रविधिलाई सहज र मर्यादित रूपमा प्रयोग गर्ने वातावरण बनाउनु पर्छ, तर त्यसको लागि प्रतिबन्धभन्दा पनि ठोस नीति आवश्यक छ। सरकार, सामाजिक सञ्जाल कम्पनीहरू, र नागरिकहरू बीच सहमति गरेर बीचको समाधान खोज्नु नै सबैभन्दा उचित उपाय हुन सक्छ।


तपाईंको विचार के छ? के नेपालमा सामाजिक सञ्जाल बन्द हुनु ठिक होला? 


कमेन्टमा लेख्नुहोस्! 










यो पोष्टलाई यी बटन दबाएर फेसबुकमा शेयर गर्नुहोस >>

 
Welcome Dialog Box Chat Buttons WhatsApp Chat