प्रेस विज्ञप्ती
पवित्र धार्मिकस्थान श्री सुपा देउराली मन्दिरको सन्दर्भमा मिति २०८०।११।२६ गते समयचक्र डटकमले संप्रेषण गरेको समाचार प्रति यस मन्दिर संरक्षण समिति र स्थानिय सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।
अनादीकाल देखि हिन्दु धर्मावलम्विहरुको धार्मिक आस्थाको धरोहरको रुपमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र सितगंगा नगरपालिका वडा नं.२ को दोसाधमा रहेको यस मन्दिरले आफनै ऐतिहासिक र धार्मिक महत्व बोकेको छ । श्री सुपा देउराली मन्दिर न कसैले स्थापना गरेको हो र न कतैबाट स्थानान्तरण गरिएको हो, यो त अनादीकाल देखि मानिसहरु ढाक्रेको रुपमा नुनतेल गर्दाहोस या लाहुरमा धन पैसा कमाउन जाँदा होस् या आआफनो मनोकांक्षा पुरा होस् भनी भाकल गर्ने धुुप पुजा गर्ने, भेटी चढाउने प्रचलन निकै पुरानो भएको कुरा हामी सवैमा जगजाहिर नै छ । प्राकृतिक हिसावले निकै साघुरो र भिरालो ठाँउमा अवस्थित यो मन्दिर कहिकतै स्थानान्तरण गर्ने अवस्थामा छैन ।
दुर्गा, देवी, देउराली भनेकै कठिनपुर्वक पुग्न सकिने वा दर्शन गर्न सकिने स्थाननै देउरालीको निवासस्थल हुन्छ भन्ने शास्त्रीय वचन छ । बर्तमान समयमा यातायातको सुविधाले यस मन्दिरमा दैनिक हजारौ भक्तजनहरु दर्र्शन गर्न आउने गरेको पाइन्छ । अर्घाखाँची जिल्लाकै धार्मिक आस्थाको धरोहरको रुपमा रहेको यस मन्दिरमा दैनिक संकलन हुने भेटिको रकम यसै क्षेत्रका ४ वटा विद्यालयहरुमा शिक्षकलाई तलव खुवाउने देखि अर्घाखाँची जिल्लाको बिभिन्न सामाजिक, धार्मिक कार्य तथा दिनदुखि, दिर्घरोगीहरुलाई आर्थिक सहयोग उपलव्ध गराउदै आएको छ । अर्घाखाँची देखि राष्टियस्तरमा यसको महत्वलाई प्रचारप्रसार गरि आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्न सकेमा अर्थतत्रमा राम्रो टेवा पुग्न सक्ने देखिन्छ ।
हिजो प्रसारण गरिएको समाचार के कति आधारमा सम्प्रेसण गरियो भन्नेबारे जानकारी दिने व्यक्ति यस मन्दिर संरक्षण समितिको आधिकारिक व्यक्ति नभएको र आफुखुसि बोलेको कुरालाई आधार बनाएर समयचक्र डटकमले प्रसारण गरेको खवर जिल्लाकै लागि दुर्भाग्य भएको ठहर गरेकाछौ । यस खवरप्रति मन्दिर संरक्षण समिति, बद्धिजीवि तथा स्थानिय सरोकारवाला, भक्तजनहरु घोर आपत्ति ब्यक्त गर्दछौ ।
पवित्र धार्मिकस्थल श्री सुपा देउराली मन्दिरको नामबाट देशका विभिन्न स्थानमा मन्दिर स्थापना गरेर झुटो प्रचार प्रसार गरिएको कुरा विभिन्न सामाजिक सञ्जालमा देख्ने गरिएको छ । मन्दिरको कुनै शाखा विभाग नहुने कुरा प्रष्ट पार्न चाहन्छौ, सुपा देउराली मन्दिर नितान्त आफनो ठाँउको नाम सुपामा अवस्थित भएकोले अन्य स्थानमा स्थापना गरिएका मन्दिरमा अगाडी सुपा हटाई आफ्नै एतिहासिक भौगोलिक नाम राख्न पनि यसै पत्रकार सम्मेलन मार्फत सवैमा जानकारी गराइन्छ ।
आगामी दिनहरुमा कहिकतै यस मन्दिरको नाम जोडि प्रचार प्रसार गरि मन्दिर स्थापना गरिएको पाइएमा कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।
साथै, सुपा देउराली मन्दिरको आफनो ऐतिहासिक र धार्मिक अस्तित्व रहेकोले यस्ता भ्रामक खवर प्रति सचेत र सजग रहन सवैमा अनुरोध गरिन्छ ।
सुपा देउराली मन्दिर संरक्षण समिति
अर्घाखाँची

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो सम्र्पक इमेल आइडीमा दिनुहोला । धन्यबाद ।